सीटीईभीटीले २५०० भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सीटीईभीटी०ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ ।

परिषद्ले आज एक सूचना प्रकाशित गर्दै प्रि(डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने आग्रह गरेको छ ।

प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।

आज असोज ४ गतेबाट आवेदन फाराम खुलेको छ । फाराम असोज १८ गतेसम्म भर्न सकिनेछ ।  कार्तिक ३ गते, शनिबार, बिहान ८ बजे लिखित प्रवेश परीक्षा हुने र कार्तिक ३ गते दिउँसो १ बजेदेखि अन्तर्वार्ता हुने भएको छ ।

आवेदन फारामको साथमा हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो, एस.एल.सी/एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेका निकायद्धारा समकक्षता निर्धारण गरिएको पत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्नेछ ।

  • ४ आश्विन २०८१, शुक्रबार ०९:१८ प्रकाशित