शेखरलाई मत दिन गगनको अपिलः भने,नेतृत्व परिवर्तन अपरिहार्य छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले सभापतिका उम्मेदवार शेखर कोइरालालाई मत दिन अपिल गरेका छन् ।

संस्थापन इतरसमुहका प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतले देउवालाई समर्थन गर्ने भएपछि थापाले शेखरको पक्षमा भोट अपिल गरेका हुन् । थापाले ट्विट गर्दै काँग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेकाले शेखरलाई भोट दिन आग्रह गरेका हुन् ।

उनले राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र कांग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।

उनले अपिलमा महाधिवेशन लगत्तै तीन तहको निर्वाचनमा होमिनुपर्ने भएको हुँदा पार्टीले एक्लै जित्ने बनाउन लाखौं मतदातालाई आकर्षित गर्न सक्नुपर्ने अवस्था रहेको र त्यसका लागि नयाँ उत्साह र जागरण आवश्यक रहेको बताएका छन् ।

‘हामीले आज त्यो उत्साहको सञ्चार गर्न सक्नैपर्छ संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीको विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त रु हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ,’अपिलमा भनिएको छ ।

  • २८ मंसिर २०७८, मंगलवार १५:४० प्रकाशित