काठमाडौं ।
विश्वकप लिग २ मा नेपाल आज घरेलु टोली क्यानडासँग भिड्दै छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ ।
क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई/दुई खेल लेख्नेछ ।नेपाललले ७ महिनापछि आईसीसी विश्वकप लिग-२ का खेल खेल्न लागेको हो ।
फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४/२०२६ अन्तिमसम्म चल्ने लिग-२ को सुरुवात भएको थियो । त्यसपछि नेपालले खेलेको थिएन ।
नेपालले क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँग असोज २ र ८ गते खेल्ने छ ।ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी-२० सिरिज पनि खेल्नेछ ।
त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।उक्त सिरिज खेलेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।
क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।