मोरङमा करेन्ट लागेर दम्पतीको ज्यान गयो

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

विराटनगर ।

मोरङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको ज्यान गएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् ।

भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

  • २६ भाद्र २०८१, बुधबार १६:३७ प्रकाशित