राष्ट्रिय महिला क्रिकेटर कृतिका मरासिनी अष्ट्रेलिया पलायन

बुबा भन्छन् : ‘यहाँ खेलाडीलाई वास्तै भएन’

केन्द्रभाग मिडिया

रुपन्देही ।

नेपालको राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कृतिका मरासिनी विदेश पलायन भएकी छिन् । केही समयअघि विवाह गरेकी उनी अब अष्ट्रेलियामै सेटल हुने गरी पलाएन भएकी हुन् ।

कृतिका आज(सोमबार) नै अष्ट्रेलिया उडेको उनका बुवा कमल मरासिनीले जानकारी दिएका छन् । २०६१ जेठ १७ मा जन्मेकी कृतिका कमलकी एक मात्रै छोरी हुन् । उनले २०७९ मा उन्नाइस वर्षमुनि (यू–१९) महिला क्रिकेट टोलीको कप्तानी गरेकी थिइन् ।

‘हामीलाई पठाउन मन त थिएन तर यहाँ बसेर केही नहुने भयो बाबा भनिन्, उहीँको क्लबमा आबद्ध भएर खेल्ने र यहाँ ठूला प्रतियोगिता हुँदा आउँछु भनेकी छन्,’ उनले भने, ‘यहाँ खेलाडीलाई वास्तै भएन, कसरी खर्च चलाएका छन् भनेर बुझ्ने पनि कोही भएनन् ।’

  • २४ भाद्र २०८१, सोमबार १०:२४ प्रकाशित