अपडेटः ३९७७ मत गनियो, देउवाको अग्रता कायम,अब ७०२ गन्न बाँकी, कसको कति मत हेर्नुहोस

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि भएको चुनावको मतगणना जारी रहेको छ ।

हालसम्म ३७३९ मत गनिसक्दा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् ।

त्यस्तै विमलेन्द्र निधिले २०१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ । अब ७०२ मत मात्र गन्न बाँकी रहेको जनाइएको छ ।

  • २८ मंसिर २०७८, मंगलवार ०८:३४ प्रकाशित