कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन चयन भएका छन । संघको १० औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिचि चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा नविन चालिसे, द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध निर्वाचित भए । समितिको सदस्यहरूमा धरमबहादुर लामिछाने, प्रदीप खड्का, प्रकासराज वाग्ले र माधव भण्डारीे चयन भएका छन ।

नवनिर्वाचित पदाधिकारीहरूलाई गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका सांसद राजिव गुरुङले खादामाला अबिर लगाई प्रमाणपत्र वितरण गरे । सो अवसरमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले राजिव गुरुङ खेलकुद मन्त्री हुँदा उनको कार्यकालमा प्रदेशले खेल क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताए ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस खेलको सुरुवाती दिन स्मरण गर्दै खेलाडी तथा टेनिस प्रेमीहरूको एकता र सहकार्यलेनै टेनिस खेलले यति धेरै प्रगती गर्न सकेको बताए ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष केशवबहादुर थापाले गतिविधिका दृष्टिकोणले टेनिस संघ कास्कीको गतिशिल संघ भएको उल्लेख गरे । संघका सल्लाहकार गोपीबहादुर भट्टराईले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै यो समितिले टेनिस गतिविधिलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

अधिवक्ता विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा दोर्जे लामा गोपी भट्टराई र केशव पाठक सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

  • २३ भाद्र २०८१, आईतवार १२:१६ प्रकाशित