निजामती कर्मचारी युनियन स्थापना दिवसमा अन्नपूर्ण बालआश्रममा शैक्षिक सामाग्री सहयोग

केन्द्रभाग मिडिया

 

पोखरा ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा जिल्ला कार्यसमिति कास्कीले शैशिक्षक सामग्र वितरण गरेको छ । पोखरा–१६ अर्मलामा रहेको अन्नपूर्ण बालआश्रममा बुधबार विभिन्न किसिमका शैक्षिक सामग्री वितरण गरिएको हो । सो बालआश्रममा ३६ जना बालबालिका आवासीय रुपमा बस्दै आएका छन् ।

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बारालले शिक्षालाई उद्यमशीलता तर्फ जोड्नुपर्ने बताए । उनले व्यवसायीक, व्यवहारिक र सिपमुलक शिक्षा आजको आवश्यकता रहेको धारणा राखे ।

कर्मचारी युनियनका पुर्वउपाध्यक्ष एवं कास्की कांग्रेसका नेता सुरेन्द्रराज अधिकारीले कर्मचारीहरुले कामलाईमात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका कार्यहरु गर्दै आएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा रेडियो बाराहीका प्रमुख कार्यकारी अधिकृत रमेश पौडेलले निजामति कर्मचारी राष्ट्रसेवक रहेको भन्दै जनताको सेवामा कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने बताए । उनले बालबालिकालाई विदेशमा होइन्, स्वदेशमा नै अवसर रहेको उल्लेख गर्दै देशमा नै रहेर सेवा गर्न आग्रह गरे ।

आश्रमकी छात्रा आयुसा नेपालीले आश्रममा शिक्षण सिकाइका साथ व्यवहारिक ज्ञान प्राप्त भैरहेको जानकारी दिइन्  । कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कास्की कांग्रेस नेता लक्ष्मी पाण्डे र सहसचिवस नवीन सिग्देल लगायतले युनियन र शिक्षण संस्थाका बारेमा बोलेका थिए ।

  • १९ भाद्र २०८१, बुधबार २०:३४ प्रकाशित