काठमाडौं ।
शिक्षा क्षेत्रको सुधारको निम्ति शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले बुधबार संचारकर्मीसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले शिक्षा क्षेत्रमा बिद्यमान समस्यासंग शिक्षा क्षेत्र हेर्ने संचारकर्मीहरू परिचित र जानकार हुने भएको कारण विशेष अन्तरक्रीया कार्यक्रम मार्फत सुझाव ग्रहण गरेको जानकारी दिनुभयो।
मन्त्री भट्टराईले प्राप्त उपयुक्त र संभावना हुने सुझावलाई लिपिबद्द गरि मन्त्रालयको कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरूले शिक्षा क्षेत्रको सुदृढीकरणका लागि सुझाव प्रदान गरेको शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।