पोखरामा ताया माचा नृत्य प्रतियोगीता सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा ताया मचा नृत्य प्रतियोगिता २०८१ सुरु भएको छ  । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा  गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा सुरु भएको हो ।

प्रतियोगीतामा २८ वटा समूह सहभागी रहेका समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले जानकारी दिए ।

यसअघि गत २५ साउनमा सहभागी हुने टोलीहरुको प्रस्तुतीको समय गोलाप्रथाबाट निर्धारण गरिएको थियो । नेवा खलः कास्कीको आह्वान तथा नयाँबजार सास्कृतिक समितिको आयोजनामा जारी प्रतियोगीताको लागि पोखरा महानगरपालिका वडा नं. ९ को कार्यलयले सहयोग गरेको छ ।

प्रतियोगिताको बिजेताले ३ लाख १ रुपैयाँ, द्वितीय हुनेले २ लाख १ रुपैयाँ, तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुनेले १ हजार १ रुपैयाँ प्रप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।

  • ८ भाद्र २०८१, शनिबार १०:२२ प्रकाशित