काठमाडौँ ।
काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउन थालिएको छ । नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो ।
आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो खस्न कम भएपछि पहिरो पन्छाउने काम थालिएको हो ।