दुुईवटा हिमताल फुटेर सोलुखुम्बुको थामेमा बाढी आएको पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।
थामे खोलाको मुहान क्षेत्रमा रहेको दुुईवटा हिमताल फुटेर सोलुखुम्बुको थामेमा बाढी आएको पुष्टि भएको छ । थामे खोलाको मुहान क्षेत्रमा रहेको पाँचवटा हिमतालमध्ये दुुइवटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन ।

शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पु¥याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।

  • १ भाद्र २०८१, शनिबार १७:३३ प्रकाशित