पोखरा ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
घटेको मूल्य बिहीबार मध्यरातको १२ बजेपछि लागू हुनेछ।
नयाँ मूल्यअनुसार पोखरा र काठमाडौंमा पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ प्रतिलिटर भएको छ ।














