सिन्धुली ।
सिन्धुलीमा बोलेरो दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ ।
बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत कमलामाई नगरपालिका(२ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल , उदय मंसाग्री मगर, पवन मंसाग्री मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।पृथ्वी र उदयको घट्नास्थलमै ज्यान गएको हो भने पवनको उपचारको क्रममा ज्यान गएको छ ।
उदय वडा नं ६ कै वडा सदस्य हुन् ।गोलन्जोर गाउँपालिकाको ६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्याह्न ओसारपसार गर्ने डबल क्याव वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परी घाइतेमध्ये चालक टिकाजंग राई र यात्रु हिमाल परियारलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार पश्चात धुलिखेल पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।














