पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ बढेको छ ।
आज युरो एकको खरिददर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा रहेको छ ।हिजो युरो एकको खदिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा थियो ।
यस्तै आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ १२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा थियो ।
आज डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा छ । भने आज चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।















