रोयल सहकारीको एकल विन्दुमै ऋण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक मन्दीका कारण समस्यामा परेका सदस्यहरुलाई लक्षित गरि एकल विन्दुमा ऋण प्रवाह गरिरहेको छ ।

संस्थाका ऋण विभाग प्रमुख परमेश्वर दाहालका अनुसार मिसन संस्थाले लागु गरेको १०० योजना अनुसार ९.९९% व्याजदरमा रु.५ लाखदेखि १ करोडसम्मको ऋण प्रवाह भईरहेको जानकारी दिए । यो योजना १०० दिनसम्म लागु हुने र यस योजना अन्तर्गत साँवा एवं व्याज नियमित भुक्तानी गरेमा ऋण लिएको १ वर्ष सम्म व्याज वृद्धि नहुने र समय अनुसार व्याजदर कम भएमा भने सोही अनुसार कम हुने बताए ।

विगत २ दशक बढीदेखि पोखरालाई कार्यथलोको रुपमा कारोबार गरिरहेको सहकारीको कास्की, स्याँङ्जा, तनहँु, लमजुङ्ग र पर्वत गरि ५ जिल्ला कार्यक्षेत्र, प्रधान कार्यलय सहित ४ वटा सेवा कार्यालय र ९ हजार ३ सय ५६ जना सदस्य रहेका छन् । संस्थाले हाल १ हजार ३०० बढीलाई व्यापार व्यवसाय, कृषि, पर्यटन, लघुउधम, वैदेशिक रोजगार, शैक्षिक र घरायसी लगायतको शिर्षकमा १ अर्ब ६८ करोड बढी लगानी गरिरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।
संस्थाले ग्रामीण महिलाहरुलाई लक्षित गरि सहकारी समूह कर्जा समेत सञ्चालन गरिरहेको छ । हाल कास्की, तनहुँ र स्याँङ्गजाका करिब ९ वटा पालिकामा सञ्चालित कार्यक्रममा करिब २ हजार महिलाहरु आवद्ध रहेका छन् ।

  • २७ श्रावण २०८१, आईतवार १८:१६ प्रकाशित