पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा थियो ।
आज युरो एकको खरिददर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा छ ।
आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०० पैसा छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा छ । भने आज चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०९ पैसा रहेको छ ।















