आज युरो र पाउण्डको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा छ ।

आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५३ पैसा थियो ।

यस्तै आज पाउण्डको पनि भाउ बढेको छ। आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ १४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७० रुपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा थियो ।

आज जापानी येनको मुल्यमा पनि वृद्धि भएको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा छ । हिजो १० जापानी येनको खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा थियो । भने आज चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।

  • २१ श्रावण २०८१, सोमबार १०:०३ प्रकाशित