काठमाडौं ।
नेपाली काँग्रेसको सभापतिमा नेता बिमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरेका छन् ।
निधिले महाधिवेशन मिति घोषणा भएपछि छुट्टै सम्पर्क कार्यालय खोलेर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए ।
शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो ।
निधिको प्यानलबाट उपसभापतिमा दिवेश्वरी शाह र महामन्त्रीमा राजाराम कार्की उम्मेदवारी दर्ता गरेका छन् ।