लेखनाथ पत्रकार मञ्चलाई आदर्श हाडवर्यसको सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीकमा रहेको आदर्श हाडवर्यसको आफनो स्थापनाको १३ औं वार्षिकोत्सवका अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेको छ ।

मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारीता पुरस्कारको कोष बृद्धिमा सहयोग पुग्ने गरि आर्दश हाडवर्यसका संचालन विजय गुरुङ र लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले मञ्चका अध्यक्ष कविराज खनाललाई रु पच्चिस हजार १३ रुपियाँको चेक हस्तान्त्रण गरेका हुन् ।

ब्यवसायको छोटो समयमा आर्दश हाडवर्यसले प्राप्त गरेको सफलतालाई मध्यनजर राख्दै संचालन विजय गुरुङले सामाजिक उत्तरदाईत्वका क्षेत्रमा वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै सहयोग गर्दै आएको यस वर्ष शनिवार एक कार्यक्रमका विच लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेका हुन् ।

कार्यक्रममा वोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले ब्यवसाय गर्दा नाफा घाँटालाई ध्यानमा राख्दै नाफाको केही अंस सामाजिक क्षेत्रमा पनि लगानी गर्न सके त्यसले समाजमा सकरात्म प्रभाव पार्ने धारणा राखेका थिए ।

सोही अवसरमा संयुक्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष तथा लेखनाथ उद्योग वाणिज्य संघका सल्लाहाकार मेजर रामप्रसाद गुरुङले हामी हाम्रो जन्मोत्सव मनाउने गर्छै तर ब्यवसायको वार्षिकोत्सव मनाउने प्रचलन नभईरहेको अवस्थामा आदर्श हावयर्सले नयाँ विषयको थालनी गरेकाले यसको सवैले अनुसरण गर्नु पुर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालले हाडवर्यसको नाम आदर्श र यसका संचालक विजयको नाम अनुसार काम गर्दै आएको र आगामी दिनमा आम उपभोक्ताको मन जित्दै ब्यवसायलाई नाफाको रुपमा मात्र नहेरी समाज सेवाको रुपमा पनि अगाडी वढाउन सक्नु पर्नेमा जोड दिएका थिए ।

आदर्श हाडवर्यसको आयोजना र शिवम् सिमेन्टको प्रवद्धनमा भएको कार्यक्रममा लेखनाथ निर्माण ब्यवसायि समितिका अध्यक्ष प्रेम थापा, लेखनाथ कुटानी पिसानी ब्यवसायि समितिका पुर्व अध्यक्ष रामजी पौडेल लगाएतले आफनो धारणा राखेको कार्यक्रमको सञ्चालन लेखनाथ हाडवर्यस एसोसियसनका महासचिव शिवराज अधिकारी गरेका थिए भने धन्यवाद ज्ञापन ब्यवसायि विष्णु हमालले गरेका थिए ।

  • १९ श्रावण २०८१, शनिबार २०:३५ प्रकाशित