पोखरा ।
किसान संघ पोखरा महानगर पालिका वडा ६ को अध्यक्ष मा ओमनाथ अधिकारी चयन भएका छन । संघको विहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
संघको उपाध्यक्षमा नारायण पोखरेल, सचिव मोतिराज कोइराला, सहसचिव विष्णु प्रसाद पहारी र कोषाध्यक्षमा पार्वति पौडेल चयन भएका छन । तसै गरि सदस्यहरूमा लक्ष्मी प्रसाद पहारी, सिता पौडेल र हिरा पौडेल चयन भएका नेपाली वडा इकाई ६ का सचिब प्रकाश न्यौपानेले जानकारी दिएका छन ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोलाले किसानको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी सरकारले कार्यक्रमको व्यवस्था गर्न माग गरे । रासायनिक मलको मूल्यवृद्धि अविलम्ब रोकियोस्। दीर्घकालीन योजना बनाई खेतीको समयमा रासायनिक मलको अभाव हुने अवस्थाको सधैँका लागि अन्त्य गर्न उनले माग गरेका थिए ।
नेपाल किसान संघ कास्कीका अध्यक्ष पुण्डरी प्रसाद बरालले देशमा रासायनिक मलबिना खेती गर्न सकिने गरी प्राङ्गारिक खेती र दिगो कृषिलाई प्रवर्द्धन गर्नुपर्नेका जोड दिए ।
नेपाल किसान संघ क्षेत्रीय सभापति रवि अधिकारीले कृषि औजार र बीउबिजनको मूल्य वृद्धि नियन्त्रण गरि कालोबजारी गर्नेमाथि सरकारले कडा कारबाही गरि उपभोक्ता र उत्पादक सहकारीहरू मार्फत सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याउनु पर्नेमा उल्लेख गरे ।
नेपाल किसान संघ बैदामका अध्यक्ष लोकराज पहारीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा इकाई सभापति सन्तोष पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेश संघ गठन विभागका उप प्रमुख प्रभा पौडेल सुवेदी र नेपाल तरुण दलका केन्द्रीय सदस्य लक्ष्मण पहारी लगायतका वक्ताहरूले नेपाली काङ्ग्रेसको पहिलो प्राथमिकता नै किसानहरूको हकहितमा हुनु पर्ने भन्दै आफ्ना भनाइ राखेका थिए ।












