प्रकाशमान र शेखरको अलग अगलग टिम, महामन्त्रीका उम्मेदवार गगन कता लागे ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि विभाजीत भएको छ । प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको लागि उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।

समूहमा मिलाउन लागि परेका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कसलाई समर्थन गर्ने भन्नेमा उनि अहिलेसम्म मौन छन् ।

प्रकाशमान सिंहले कुनै हालतमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित हुन पुग्यो । शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने सम्भावना छ। त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्माको चर्चा छ ।

संस्थापन पक्षमा नअटेका शर्मालाई कोइरालाले महामन्त्री उम्मेदवार बनाउन लागेको बुझिएको छ । उसो त प्रकाशमानले पनि शर्मालाई महामन्त्रीमा बस्न अफर गरेका छन् ।

  • २५ मंसिर २०७८, शनिबार १२:१५ प्रकाशित