माओवादी केन्द्रका उपमहासचिव गजुरेलले दिए पदबाट राजीनामा

सामूहिक राजीनामा दिन आह्वान

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार (साउन ११) पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्।

यद्दपि उनको राजीनामा स्वीकृत भएरनभएको खुलाइएको छैन। राजीनामापत्रमा उनले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आह्वान गरेका छन्।

गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गरेका छन्।

  • १६ श्रावण २०८१, बुधबार १६:०० प्रकाशित