कायरो ।
इजरायलको आक्रमणबाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छ्न् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन् ।
हानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । ‘आज बिहानै, तेहरानमा इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो, जसका कारण उनी र उनका एक अंगरक्षकको ज्यान गएको थियो,’ रिभोलुसनरी गार्डले भनेको छ ।