पदाधिकारी छान्न आन्तरिक छलफलमा संस्थापन पक्ष

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन पक्ष पदाधिकारीको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेको छ ।

शेरबहादुर देउवालाई नै सभापतिमा अघि सारेको संस्थापन समूहले अन्य पदाधिकारीहरुको टुंगो लगाउन शनिबार बिहानैबाट छलफल गरिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरुबीच छलफल जारी रहेको एक नेताले बताए ।

देउवाले सभापतिमा आज मनोनयन गर्ने भएपनि अन्य पदाधिकारीहरुको नाम भने फाइनल भएको छैन । यता तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग सहकार्य गरेर जाने तयारी रहेकोमा नेताहरुको व्यवस्थापनमा कसरी गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।

सिटौला पक्षले भने महामन्त्रीमा प्रदिप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरी र अन्य सदस्यहरु समेत अटाउने गरी अघि बढ्न लागेको बुझिएको छ ।

  • २५ मंसिर २०७८, शनिबार ११:२९ प्रकाशित