आज युरो र पाउण्डको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ १५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा रहेको छ ।

यता डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा छ ।

यस्तै पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ६५ पैसा बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा थियो । आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८ रुपैयाँ ७३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ८१ पैसा र बिक्रीदर २८ रुपैयाँ ९४ पैसा रहेको छ ।

  • १५ श्रावण २०८१, मंगलवार ०९:३० प्रकाशित