पुरानो संरचना भत्काउन योगदान गर्यौं, नयाँ बनाउन सकेनौं : डा. भट्टराई (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो संरचना भत्काए पनि नयाँ बनाउन नसकिएको बताएका छन् ।

शुक्रबार पोखरामा मुक्तनाथ कृषि कम्पनी लि.को क्षेत्रीय कार्यालय एवं कृषि उद्यमी परिचय पत्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले २००६ सालमा विपी, पुष्पलाल देखि लिएर पछिल्लो चरणमा प्रचण्ड, बाबुरामलगायतले पुरानो संरचना भत्काउनमा योगदान गरेकै हो ।

पुरानो भत्काउनु र नयाँ बनाउनु अलग कुरा हो, उनले भने अहिले हाम्रो समस्या भनेको नयाँ कसरी बनाउने ? त्यो पुगिरहेको छैन । हिजो भत्काउन प्राप्त गरेको श्रेष्ठता र ज्ञानमा नै हामीले अहंकार गरेर आजिवन कुर्सीमा बस्ने सोच हामीले राख्ने ।

अनि नयाँ पुस्ताले पनि त्यसलाई खासै करेक्सन गर्न नसक्ने । पुरानै वरीपरी रहेर पद हाँसिल गर्ने चिन्तन जुन अहिले देखा परिरहेको छ । देश त्यो संकटमा अहिले परेको छ । हाम्रा विज्ञ भनिनेहरु पनि विज्ञताको सदूपयोग गर्नुभन्दा पनि राजनीतिक दलको नजिक रहेर नियुक्तीको आस गर्ने हुँदा समस्या आयो’ उनले भने ।

उनले अब आफूसहित पुरानो पुस्ताले सोच्नुपर्ने बेला आएको बताएका छन् । ‘अब म सहित पुरानो पुस्ताले सोच्नुपर्छ । नयाँ परिस्थिति र प्रविधिसंग अगाडि बढ्नपनि नसक्ने र नसकेको कुरा आत्मबोध पनि नगर्ने अनि कुर्सीमा टाँसिइरहने कुराले निर्माण हुँदैन । प्रगति हुँदैन । कम्तिमा मलाई यो बोध छ । कि अब म लगायत पुरानो पुस्ताले अब कम्तिमा यो कुरालाई सोच्नुपर्छ’ उनले भने ।

 

  • २४ मंसिर २०७८, शुक्रबार १८:०५ प्रकाशित