प्रचण्ड–माधवलाई ओलीको व्यंग: कतिपय दललाई कांग्रेसले औला समाउन दिएन भने के होला भन्ने चिन्ता छ

केन्द्रभाग मिडिया

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले औला समाउन नदिए कसरी हिडने भन्ने चिन्तामा माओवादीलगायतका कतिपय साना दलहरुमा चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘कतिपय साना दलहरुलाई कांग्रेसले औला समाउन दिएन भने कसरी हिडने होला, आफ्नो अवस्था के होला भन्ने चिन्ता छ, सधैभरी गठबन्धन–गठबन्धन भन्ने नारा सुन्छु,’ आफूभन्दा अघि बोलेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको भनाईप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, उहाँले मुलुक जहाँ थियो त्यही छ भन्ने माधव, प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाईको पनि नाम नलिई प्रतिवाद गरे ।

‘नेपाल जहाँ थियो, त्यही छैन, जहाँ थियो त्यही छ भन्ने कुरा गलत हो । राणा शासन फाल्ने, राजतन्त्र फाल्ने देखि संघीय लोकतान्त्रिक गणतन्त्रलाइृ स्थापित गर्ने सम्मको महत्वपुर्ण अभिभारा राजनीतिक दलहरुले लिएको छ । त्यस्मा पनि कांग्रेस र एमाले जस्ता प्रमुख र महत्वपुर्ण पार्टीहरुले भुमिका लिएका छन,’ ओलीले भने। ओलीले मुुलुकको समृद्धिका लागि एमाले सदैव् साथमा रहने र सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

  • २४ मंसिर २०७८, शुक्रबार १७:२९ प्रकाशित