पोखरा ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेससंगको सहकार्य आफूहरुको चाहना अनुसार नभएको बताएका छन् । नेकपा एमाले कास्कीले पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवशको सन्दर्भ पारेर आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र वर्तमान अवस्था’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफूहरु माआवादीसंग नै मिलेर २०८४ मा बहुमत ल्याउने लक्ष्यका सहकार्य गरेको भएपनि माओवादी अध्यक्ष प्रचण्डका कारण त्यो सम्भव नभएको उनको तर्क थियो । प्रचण्डका कारण आफूहरु कांग्रेससंग मिल्नुपर्ने बाध्यता आइलागेको उनले विश्लेषण सुनाए ।
‘कांग्रेस मिलेर सरकार चलाउने हाम्रो चाहना होइन । त्यो हुँदै होइन । हामी माओवादीसंग नै मिलेर एमालेले २०८४ मा बहुमत ल्याउने योजना थियो । त्यो योजना प्रचण्डले ३२ अंकको जादु देखाउन थाल्नुभयो । ३२ अंकको जादु देखाउँदै एमाले र कांग्रेसलाई नचाउन थाल्नुभयो । प्रचण्डको अस्थिरता र विचलनले कांग्रेस एमालेलाई एक ठाउँमा उभिने अवस्था आयो ।
प्रचण्डले कांग्रेस सभापति देउवासंग मिलेर राष्ट्रिय सरकार गठन गरौं भनेपछि आफ्नो अध्यक्ष अल्मलिएको र त्यो बेला शेरबहादुरले २ वर्ष एमालेले चलाउने र बाँकी कांग्रेसले चालाउने प्रस्ताव ल्याउनुभयो । कांग्रेसले यस्तो प्रस्ताव किन ल्यायो त्यो उसैले जान्ने कूरा हो ।’ उनले भने, ‘एकातर्फ देउवाले यो प्रस्ताव ल्याउने अनि अर्को तर्फ प्रचण्डले ३२ सिटको जादूमय संख्याको कूरा गरेपछि परिस्थितिले कांग्रेससंग सहकार्य गर्नुपर्ने बाध्यता आएको हो ।’