काठमाडौँ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर भइरहेको छ ।आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिइरहेका छन् ।
यसअघि सांसदहरूले आफ्नो प्रश्न लिखित रूपमा संसद् सचिवालयमा दर्ता गराएका थिए ।ओली प्रधानमन्त्री भएपछि प्रतिनिधि सभामा यो पहिलो प्रश्नोत्तर हो ।
नेपाली कांग्रेसका सांसद धनराज गुरुङ गैरकानुनी कारोबार अन्त्य गर्ने के तयारी छ भनेर प्रधानमन्त्री केपी शर्मालाई प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद गुरुङले यस्तो प्रश्न गरेका हुन् ।साथै उनले आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको बुँदा नम्बर ८३,८४ र ८५ मा रहेको गण्डकी त्रिभुज आयोजना आर्थिक दृष्टिले महत्त्वपूर्ण रहेको भन्दै उक्त आयोजनाको सडक विस्तार, आँधीखोला आयोजनाको अवस्था के छ भन्दै प्रश्न गरे ।
त्यस्तै उनले आर्थिक अवस्था सुधार्न र कायम गर्न गैरकानुनी कारोबार अन्त्य गर्नुपर्ने भन्दै त्यसको तयारी के छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे ।