प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसद्वारा ह्विप जारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले संसदीय दलको बैठकपछि ओलीलाई विश्वासको मत दिन र कोही पनि तटस्थ नबस्न ह्विप जारी गरेका हुन् ।
यसैबीच, नेकपा ऐस र रास्वपाले आफ्ना सांसदलाई ओली लाई विश्वासको मत नदिन यस अघि नै घोेषणा गरे ।

  • ६ श्रावण २०८१, आईतवार १४:१९ प्रकाशित