देशभर चिसो बढ्दैँ : आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

केन्द्रभाग मिडिया

मौसम खुला रहेर घाम लागेको भएपनि देशभर चिसो बढ्ने क्रम सुरु भएको छ । चिसो कढने क्रम रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ ।यसले गर्दा दिउँसोको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ ।

शुक्रबार दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

  • २४ मंसिर २०७८, शुक्रबार ०९:४१ प्रकाशित