६ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए ।

‘प्रधानमन्त्रीले साउन ६ गते आइतबार विश्वासको मत लिने तयारी भएको ओली निकट स्रोतले बताएको छ । त्यसका लागि प्रधानमन्त्रीका तर्फबाट संसद्का महासचिवलाई औपचारिक पत्र पठाइँदैछ ।

पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका थिए ।

  • २ श्रावण २०८१, बुधबार १५:२७ प्रकाशित