आज पाउण्ड घट्दा डलर र युरोको भाउ कति छ ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ ।

आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा रहको छ ।

डलर एकको खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा थियो।यस्तै युरो एकको खरिददर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८ रुपैयाँ ४६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ ।

  • २ श्रावण २०८१, बुधबार ०९:३९ प्रकाशित