आज युरोको भाउ बढ्यो: डलर,रियाल, दिरम, रिंगिटको भाउँ कति छ ?(सुचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको अधिकतम १२० रुपैयाँ ५४ पैसा र बिक्री दर १२१ रुपैयाँ १४ पैसा तय गरेको छ ।

हिजो बिहीबार भने अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा कायम गरेको थियो ।

हिजो युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ८७ पैसा र बिक्री दर १३६ रुपैयाँ ५५ पैसा रहेकोमा आज भने एक युरोको खरिददर १३६.३५ र बिक्री दर १३७ रुपैयाँ १२ रहेको छ ।

युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १८ पैसा र बिक्री दर १५९ रुपैयाँ ९७ पैसा कायम छ ।हिजो अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९० पैसा र बिक्री दर ८६ रुपैयाँ ३३ पैसा रहेको मा आज भने एकको खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १०रुपैयाँ ६२ पैसा र बिक्री दर १० रुपैयाँ ६७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्री दर ३२ रुपैयाँ २९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।

  • २४ मंसिर २०७८, शुक्रबार ०९:१५ प्रकाशित