पोखरा ।
पेुट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँका दरले बढाएको हो ।
मूल्यवृद्धिपछि अब काठमाडौं उपत्यका र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १७१ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६० पुगेको छ ।














