देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण पक्का,विश्वप्रकाश रिङआउट

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार हुने करिब पक्का भएको छ ।

संस्थापन पक्षबाट महत महामन्त्रीको उम्मेदवार हुने पक्का भएपछि महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा, बालकृष्ण खाण, एनपी साउद लगायत नेताहरु ‘रिङआउट’ हुने सम्भावना छ ।

काँग्रेसमा महामन्त्रीका दुई सीट हुने भएता पनि एउटा महामन्त्रीमा कृष्णप्रसाद सिटौला पक्षलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । यो अवस्थामा सिटौला समूहबाट युवा नेता प्रदीप पौडेलले महामन्त्री पाउने सम्भावना बढेको छ ।

देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्माको दाबी छ ।

  • २४ मंसिर २०७८, शुक्रबार ०८:४० प्रकाशित