जेरुसेलम ।
पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिबार भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको अस्पतालका एक अधिकारीले जनाएका छन् ।
अल-अहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा।अमजद इलेवाले सीएनएनलाई दिएको जानकारी अनुसार अल शाती क्याम्पको फिल्ड मस्जिदमा भएको आक्रमणमा २० जना पुरुषको मृत्यु भएको थियो, र थप दुई पुरुषको आइतबार अस्पतालमा ज्यान गएको हो।
घटनास्थलको भिडियोमा शवहरू प्रार्थनाको लागि बिछ्याइएको म्याटमा लडिरहेको देखाइएको छ। धेरै मृत र घाइते व्यक्तिहरू हात-खुट्टा क्षतविक्षत भएको देख्न सकिन्छ।
इजरायली आईडीएफले हालसम्म घटनामा कुनै टिप्पणी गरेको छैन। कुनै पनि आक्रमणको लागि पूर्व चेतावनीको कुनै रिपोर्ट थिएन ।