पाल्पा ।
पाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बुधबार बेलुका पाल्पाको तिनाउ-३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको ज्यान गएको हो ।सोही स्कुटरको पछाडि सवार विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु८६प ६५१ नम्बरको स्कुटर सोही दिशातर्फ आइरहेको लु२ख ५३७३ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्लापका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
ट्रकका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













