यी तीन प्रदेशमा हुनेछ भारी वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी,मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

  • २५ असार २०८१, मंगलवार ०७:१६ प्रकाशित