भोटेकोशीमा इलेक्ट्रिक हाइड्रोको ढलान भत्किदा केही मजदुर घाइते

केन्द्रभाग मिडिया

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा केही मजदुर घाइते भएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म फसेका ९ जनाको उद्धार गरिएको छ । बाँकी ३ जनाको उद्धारको प्रयास भइरहेको छ ।

मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो ।उद्धार गरिएकाहरूलाई अहिले उपचारका लागि बाह्रबिसे अस्पताल पुर्‍याइएको बताइएको छ ।

  • २१ असार २०८१, शुक्रबार १५:३८ प्रकाशित