पदाधिकारी र सदस्यको टुंगो लगाउन गौशालामा सिटौला पक्षको छुट्टै बैठक

केन्द्रभाग मिडिया

पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् ।
कृष्णप्रसाद सिटौला समूहको बैठक गौशालामा बसिरहेको छ ।

शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्ने तयारी स्वरुपमा बिहीबार सिटौला समूह बैठकमा बसेको नेताहरु बताउँछन् । गौशालास्थित सिटौलाको सम्पर्क कार्यालयमा बसेको बैठकमा पदाधिकारी र सदस्यको नाम टुंगो लगाउने गरी छलफल भइरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरे पनि सिटौला आफ्नो छुट्टै प्यानल बनाउन अग्रसर भएका हुन् ।

  • २३ मंसिर २०७८, बिहीबार १४:२४ प्रकाशित