साताको अन्तिम दिन आज पाउण्ड बढ्दा, डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ०२ पैसा र बिक्रीदर १७० रुपैयाँ ७८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा थियो ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै डलर एकको खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८ रुपैयाँ ३१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४३ पैसा रहेको छ ।

  • २१ असार २०८१, शुक्रबार ०९:१२ प्रकाशित