वरिष्ठ नेता पौडेल बैठकमा गएनन्,पदाधिकारी थप्ने प्रस्तावबाट पछि हट्यो संस्थापन पक्ष

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बैठकको एजेन्डाबारे जानकारी नभएको भन्दै पौडेल बैठकमा नजाने यसअघि नै उनको सचिवालय स्रोतल सभापति शेरबहादुर देउवालाई जानकारी दिइसकेको थियो ।

पौडेलसहितका केही नेता बैठकमा अनुपस्थित भएपछि कांग्रेसको संस्थापन पक्ष पदाधिकारी थप गर्ने प्रस्तावबाट पछि हटेको छ । चौधौं महाधिवेशनअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस नहुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिदेखि केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

१३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो। शुक्रबारदेखि कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरू हुँदैछ।

  • २३ मंसिर २०७८, बिहीबार १४:११ प्रकाशित