बालकृष्ण खाण भन्छन्,‘सभापतिमा फेरि देउवा नै आउनुपर्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभापतिमा शेरबहादुर देउवा नै दोहोरिनुपर्ने कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको वृहत्तर हितका निम्ति पनि सभापतिमा देउवा नै अर्को कार्यकालका लागि आउनुपर्ने उनको भनाई छ ।

केन्द्रीय समिति बैठकमा सहभागी आज हुन पार्टी कार्यालय सानेपा पुगेका खाणले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘सभापतिमा देउवाको निरन्तरता आवश्यक छ।’

खाण महामन्त्री उठ्ने तयारीमा छन्।

  • २३ मंसिर २०७८, बिहीबार १३:१९ प्रकाशित