पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ घटेको छ ।
हिजो बढेको युरोको विनिमयदर आज पुन घटेको हो । आज युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ १७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८२ पैसा रहेको थियो।
आज डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८ रुपैयाँ २८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।














