भरसक सहमतिबाट नेतृत्व चयन गरौँ, सहमति नभए लोकतान्त्रिक प्रक्रियामा जानुपर्छ: देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन अपील गरेका छन् ।

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा बिमोचन गर्दै देउवाले महाधिवेशनलाई सफल बनाएर गाउँघर फर्किएर कांग्रेसलाई बलियो बनाउन निर्देशन दिए । उनले कांग्रेसलाई अगामी निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘महाधिवेशन शुरु हुँदैछ । यो अधिवेशनमा सबै साथीको उत्साह छ । सफल पारेर जानुपर्छ ।’

‘उत्साहका साथ गाउँघरमा फर्किएर सबैभन्दा ठूलो पार्टी बनाउन चाहन्छु’, सभापति देउवाले भने, ‘भरसक सहमतिबाट नेतृत्व चाहन्छु । लोकतान्त्रिक प्रतिस्पधालाई सहज रुपमा लिन आग्रह गर्छु ।’

देउवाले भने, ‘जित्नेलाई हार्नेले सहयोग गर्नुपर्छ । जित्नेले सबैलाई मिलाएर लैजानुपर्छ ।’

  • २३ मंसिर २०७८, बिहीबार १२:४५ प्रकाशित