सभापतिको दौडबाट पछि हट्दिनः प्रकाशमान सिंह

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । काठमाण्डौको बानेश्वरमा आज सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई बिधिसंबद नियम संबद र संस्थागत रुपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले नेपाली काङग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताए ।

महाधिवेसन सुरु हुन केहि घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसेको वरिष्ठ नेता रामचन्द्र पौडलललाई सिंहको यो अभिब्यक्ति पछि थप संकट निम्तिएको छ ।

पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई बिधि बिधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताएका हु्न्।

कार्यक्रममा सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन कसिुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुख समेत ब्यक्त गरेका छन् ।

  • २३ मंसिर २०७८, बिहीबार ११:३५ प्रकाशित