उत्तरी नाइजेरियामा विवाह समारोहमा शंकास्पद बम विस्फोट : कम्तीमा १८ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

बोर्नो ।

नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा १८ जनाको ज्यान जानुको साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

यसमध्ये शनिबार एक विवाह समारोहमा भएको शंकास्पद बम विष्फोटमा छ जनाको ज्यान जानुका साथै अन्य घाइते भएको बताइएको छ । राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीले संदिग्ध आत्मघाती हमलाकारीले ग्वोजा सहरमा विवाह र अन्त्येष्टि समारोहका साथै अस्पतालमा आक्रमण गरेको बताएको छ।

बोर्नो राज्य बोको हराम इस्लामवादी लडाकुहरूको १५ वर्ष लामो विद्रोहको केन्द्रमा रहेको छ । जसले २० लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ र ४० हजारभन्दा बढी मारिएका छन्।

बोको हरामले सन् २०१४ मा बोर्नो राज्यको चिबोक सहरबाट २७० भन्दा बढी विद्यालयका छात्राहरूलाई अपहरण गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको थियो।अधिकारीहरूले शनिबार १८ जनाको मारिएको पुष्टि भएको बताए । जसमा बालबालिका, वयस्क र गर्भवती महिलाहरू समावेश छन्।

केही स्थानीय मिडियाले ज्यान गुमाउनेको संख्या अझ धेरै भएको रिपोर्ट गरेका छन् ।

  • १६ असार २०८१, आईतवार १०:४३ प्रकाशित