आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा तय गरेको छ । हिजो बुधबार भने अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२० रुपैयाँ ०१ पैसा कायम गरेको थियो ।

हिजो युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ७४ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा रहेकोमा आज भने एक युरोको खरिददर १३५.८७ र बिक्रकी दर १३६ रुपैयाँ ५५ रहेको छ ।

युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४४ पैसा र बिक्री दर १६० रुपैयाँ २४ पैसा कायम छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९० पैसा र बिक्री दर ८६ रुपैयाँ ३३ पैसा छ । हिजोको तुलनामा आज अष्ट्रेलियन डलरको बिक्रीदर बढेको हो ।

हिजो यसको बिक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको थियो। जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६१ पैसा र बिक्री दर १० रुपैयाँ ६६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९७ पैसा र बिक्री दर १९ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०८ पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको छ ।

  • २३ मंसिर २०७८, बिहीबार ०९:३२ प्रकाशित